जहाँ विद्यार्थीलाई काम लगाएर पारिश्रमिक दिइन्छ

नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ।

मधुवन-४ को ढोढरीस्थित सो विद्यालयमा करिब एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् जसमा बहिरा विद्यार्थी पनि पर्छन्।

अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सबओभरसियर तहमा सिभिल र इलेक्ट्रिकल विषयमा अध्ययन/अध्यापन हुने मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले बताए।

आगामी वर्षमा ९ कक्षादेखि माथि पढ्दै, सिक्दै, कमाउँदै र युवा उद्यमी बनाउँदै भन्ने सिद्धान्तबाट कक्षा शिक्षकले पढाउने विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए।

एक विद्यार्थीलाई हप्तामा १५ घण्टा काम गर्न प्रोत्साहन गरिने र एक घण्टाको रु ७५ पारिश्रमिक तोकिने छ। बीस बिघामा तरकारी खेती गर्ने विद्यालयको योजना रहेको प्रअ पोखरेलले बताए। विद्यालयमा ६२ शिक्षक कर्मचारी छन्।

‘विद्यार्थीलाई खेल र मनोरञ्जनपूर्ण वातावरणमा साँस्कृतिक कार्यक्रमसहित पढाइरहेका छौं’, प्रअ पोखरेलले भने।

टाढाका विद्यार्थीलाई विद्यालयले छात्रावाससमेत व्यवस्था गरेको छ। आव २०७५/२०७६ मा रु ५ करोड बजेट रहेको विद्यालयमा रु दुई करोड नेपाल सरकारबाट र तीन करोड विद्यालयको आन्तरिक शुल्कबाट व्यहोरिने छ। सो विद्यालयमा आगामी वर्ष विज्ञान विषयको अध्ययन/अध्यापन हुने छ।

मधुवनका नेकपाका नेता सुरेश पन्थले सबैको मन जितेर विद्यालय यस क्षेत्रकै नमूना बनेको जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *