हेयर एण्ड शान्ति सलोनको नयाँ शाखा जावलाखेल र ठमेलमा

काठमाडौं । हेयर एण्ड शान्ति सलोनको नयाँ शाखा काठमाडौंको ठमेल र ललितपुरको जावलाखेलमा खुलेको छ । दुई बर्ष अघि काठमाडौंको कमलादीवाट सेवा शुरु गरेको यो सलोनले आफ्नो दोस्रो र तेस्रो सेवा केन्द्रको रुपमा ठमेल र जावलाखेलमा नयाँ साखा विस्तार गरेको हो । 

साखा उद्घाटन समारोहमा बोल्दै सलोनका संचालक तथा हेयर स्टाइलीस अनुजा श्रेष्ठले हरेक सलोनमा एक करोड भन्दा बढी लगानी रहेको बताइन् । 


‘हामीले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमी सहितको सलोन स्थापना गरेका हौ ।’ उनले भनिन्, ‘हाम्रो उद्देश्य भनेको सेवा प्रदान गर्ने मात्र नभई दक्ष र शिपमूलक ब्यवसायको बिकास गर्ने लक्ष्य तथा उदेश्य हो । त्यसैले हामी यो व्यवसायमा समर्पित छौं ।’

कार्यक्रममा बोल्दै सलोनका अर्का संचालक दुर्गा प्रसाद सुवेदी (दिपेश)ले हेयर एण्ड शान्ति सलोनबाट एकै पटक २५ जनासम्मले सेवा लिन सक्छने बताउँदै सलोनमा अत्याधुनिक प्रबिधी सहितको उपकरणहरु जडान गरिएको बताए ।

हेयर एण्ड शान्ति सलोन मध्यम र उच्च वर्गिय व्यक्तिहरुलाई मध्यनजर गर्दै खोलिएको छ । जहाँ वाकसिन, नेलआर्ट र केराटिन जस्ता सेवा उपलब्ध छन् । महिला र पुरुषको दुबैको कपाल काट्ने, कपाल कलर गर्ने, फेसियल गर्ने, सेभिङ अर्थात् दारी काट्ने, मेनी क्यूर, पेडिक्यूर, वाकसिन, नेलआर्ट र केराटिन जस्ता सेवा उपलब्ध छन् ।

नेपाली व्यवशायी शान्ति श्रेष्ठ को एकल प्रयासमा भारतलाई आधार बनाएर खोलिएको यस सलोन भारतको नयाँ दिल्ली, जम्मु कास्मिर, नोएडा, गुरगाँउ, लगाएत १२ शहरमा केन्द्रीत रहेको छ ।
विगत २ वर्षदेखि नेपालमा समेत यो सलोनले सेवा विस्तार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *