नगरप्रमूख नेपाली सहितको टोलीद्धारा बुर्तिबाङका ३ ओटै परिक्षा केन्द्रको अनुगमन ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आज पहिलो दिनको अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । देशैभरी सुरु भएको परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । यस वर्ष नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।


यसैविच बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा रहेका ३ ओटै परीक्षा केन्द्रमा पहिलो दिनको अंग्रेजी विषयको परीक्षा मर्यादित रुपमा सम्पन्न भएको छ । परिक्षमा जनता इङलिस बोर्डिङ स्कुल परीक्षा केन्द्रबाट १ सय १ जना छात्र र १ सय ३६ जना छात्रा गरी कुल २ सय ३७ जनाले परिक्षा दिएका छन् । उक्त परिक्षा केन्द्रमा १ जना विद्यार्थी अनुपस्थित रहेको केन्द्राध्यक्ष पुरण पाण्डेले जानकारी दिनुभयो । सो परिक्षा केन्द्रबाट भुजि माध्यमिक विद्यालय, शिवालय माध्यमिक विद्यालय, विद्याविकास माध्यमिक विद्यालय र ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थीले परिक्षा दिएका छन् ।
उत्तरगंगा माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रभा मावि बोहारागाउँ, जनजागृति माध्यमिक विद्यालय बोंगादोभान, जनता इङ्लिस बोर्डङ स्कुल बुर्तिबाङ , रिभरहेड इन्टरनेश्नल एकेडेमी, न्यु मोर्डन एकेडेमी बुर्तिबाङ र जनता मावि राजकुतका गरी कुल २ सय ३६ जना परिक्षार्थी सहभागी भएको केन्द्राध्यक्ष इश्वरी प्रसाद पौडेलले बताउनुभयो ।
बुर्तिबाङमै रहेको रिभरहेड इन्टरनेश्नल एकेडेमी परीक्षा केन्द्रबाट उत्तरगंगा माध्यमिक विद्यालय र देविस्थान माध्यमिक विद्यालयका गरी कुल १ सय ३६ जना विद्यार्थीले परीक्षा दिएको केन्द्राध्यक्ष कमल भुषालले जानकारी दिनुभयो ।
यसैविच ढोरपाटन नगरपालिकाका ३ ओटै परीक्षा केन्द्रमा नगरप्रमूख देवकुमार नेपाली सहितको टोलीले अनुगमन गरेको छ । अनुगमन टोलीमा नगरप्रमूख नेपाली सहित इलाका प्रसासन कार्यलय बुर्तिबाङका प्रमूख अमृत सुवेदी इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमूख ओम प्रकाश यादव रहनुभएको थियो । अनुगमनका क्रममा सबै परिक्षा केन्द्रमा परीक्षा मर्यादित रहेको पाइएको नगर प्रमूख नेपालीले बताउनुभयो ।
उता निसिखोला गाउँपालिकाको एकमात्र परीक्षा केन्द्र प्रभा माध्यमिक विद्यालय झिवाखोलाबाट १ सय ८६ जना विद्यार्थीहरुले आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन । त्यहाबाट झम सिर्पालीले दिएको जानकारी अनुसार उक्त परीक्षा केन्द्रबाट एक कृयापुत्रीले पनि परीक्षा दिएका छन् । कृयापुत्री परिक्षार्थी जनजिवराज शुशिला माध्यमिक विद्यालयका छात्र कैलाश पौडेल रहेका छन ।
प्रभा मावि परीक्षा केन्द्रबाट रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय निसिखोला २ जुग्जाखोला, जनजिवराज शुशिला माध्यमिक विद्यालय निसिखोला ४ झिम्पा र ज्ञानेन्द्र माध्यमिक विद्यालय निसिखोला ५ निसिका विद्यार्थीहरुले परीक्षा दिएका छन् ।
परीक्षा रजिष्ट्रेसन अनुसार नियमित तर्फका १८० जना र ग्रेडवृद्धि तर्फका ६ जना गरि कुल १८६ जना भएपनी आज पहिलो दिन १८१ जनाले मात्र परिक्षा दिएको र ४ जना अनुपस्थित रहेको केन्द्राध्यक्ष नवराज आचार्यले जानकारी दिनुभयो ।
नियमित तर्फ ८६ जना छात्र र ९४ जना छात्रा रहेकोमा ८५ जना छात्र र ९३ जना छात्रा तथा ग्रेडवृद्धितर्फ ६ जना छात्र र २ जना छात्रा रहेकोमा ५ जना छात्र र १ जना छात्रा गरि जम्मा १ सय ८१ जनाले आज पहिलो दिन परीक्षा दिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *