निसिखोलाका कृषकहरुलाई व्यवसायिक बाख्रापालन सम्बन्धि भेटिनरी तालिम आज देखि सुरु ।।


आधुनिक तथा व्यवसायीक कृषिबाटै आर्थिक क्रान्ति गर्न सकिने निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभएको छ । निसिखोला गाउँपालिका वडा नं २ का कृषकहरुका लागि आयोजित बाख्रापालन सम्बन्धि १६ हप्ते आधारभूत भेटिनरी तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रह्नुभएका अध्यक्ष पौडेलले तालिम लिएर व्यवसायिक रुपमा बाख्रापालन गरि राम्रो आम्दानी गर्न सकिने हुनाले दत्तचित्त भएर व्यवस्थित रुपमा यश पेशामा लाग्न सम्पुर्ण कृषकहरुलाई अपिल गर्नुभयो ।
निसिखोला गाउँपालिका पशु सेवा शाखाको आयोजना तथा गाउँपालिकको समन्वयमा संचालित उक्त तालिममा निसिखोला गाउँपालिका वडा नं २ का २५ जना कृषकहरुलाई १६ हप्ता सम्म प्रत्येक हप्ताको १ दिन बाख्रापालन सम्बन्धि आधारभूत तालिम प्रदान गरिने बताईएको छ । तालिममा सहभागी कृषकहरुलाई गत बर्ष वडा नं २ स्थित दस घर एक व्यवसाय कार्यक्रम अन्तरगत १र१ वटा बाख्रा खरिद तथा खोर व्यवस्थापनका लागि अनुदान रकम समेत वितरण गरिएको वडा नं २ का वडाध्यक्ष कुविर विश्वकर्माले बतानुभयो ।
गाउँपालिकाकि उपाध्यक्ष शोभाकुमारी कार्की , प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य लगायतको आतिथ्यता रहेको उद्घाटन कार्यक्रम दस घर एक व्यवसाय कार्यक्रमका अध्यक्ष ठग बहादुर विश्वकर्माको अध्यक्षता तथा सचिव ईद बहादुर रसाइलीको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *