आलियाले दिइन् आफ्नो चालक र सहयोगीलाई घर किन्न ५०-५० लाख

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो निजी चालक र सहयोगीलाई मुम्बईमा घर किन्नका लागि ५०-५० लाख भारू रकम दिएकी छन्। उनले १५ मार्चमा परेको आफ्नो २६ औं जन्मदिनको अवसरमा चालक सुनील तथा सहयोगी अमोललाई सो रकम दिएकी हुन्।

सुनिल र अमोलले जुहु गली र खारमा एक बेडरूमवाला फ्ल्याट बुक गरेका थिए।  दुबै आलियासँग उनको डेब्यू सिनेमा ‘स्टुडेन्ट अफ द इयर’देखि साथै रहेर उनका लागि काम गर्दै आएका छन्।

आलियाले यी दुबै जना आफ्नो आजसम्मको यात्राको अभिन्न अंग भएको र उनीहरूबिना बाँच्न नसक्ने बताएकी छन्।आलियाको यस कदमको धेरैले प्रशंसा गरेका छन्। आलिया हाल ‘ब्रम्हास्त्र’ तथा ‘कंलक’ सिनेमामा व्यस्त रहेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *