शनिबार रक डेलमा होली महोत्सव

कमेरो इभेन्ट्सको आयोजनामा यही आउँदो शनिबार रक डेलको बाइसेन्टेनियल पार्कमा रक डेल होली महोत्सवको आयोजना हुने भएको छ।

कमेरो इभेन्ट्सको प्रस्तुती रक डेल ब्वाइज र क्यानभास इभेन्ट्सको सहयोगमा आयोजना हुने होली महोत्सवमा विपुल क्षेत्री र उनको ब्यान्डको विशेष प्रस्तुती रहनेछ। एक्सपर्ट एजुकेशन मुख्य प्रायोजक रहेको रक डेल होली महोत्सवमा चर्चित गायक विपुल क्षेत्रीलगायत स्थानीय ब्यान्डको विशेष प्रस्तुती रहने रक डेल ब्वाइजका शितल खाँंडले बताए।

महोत्सवमा स्थानीय नृत्यांगना रेमिना गिरीको विशेष प्रस्तुती रहने छ।

नेपाली चाडसँंगै नेपाली खानाको समेत प्रबन्ध गरिने महोत्सवमा करिब दस हजार दर्शकको अपेक्षा गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रम दिउँंसो १ बजेदेखि राति आठ बजेसम्म चल्नेछ।

रंगको पर्वका रूपमा रहेको होली नेपालमा मात्र नभएर विदेशमा समेत सामूहिक रूपमा मनाउन पाउनु सबैको लागि खुसीको विषय भएको आयोजक कमेरो इभेन्ट्सले जनाएको छ।

हिमाल पहाड तराइ, कोइ छैन पराइ , हामी नेपाली ,हाम्रो नेपाल भन्ने नाराका साथ यस पटक होली महोत्सवको आयोजना गर्न लागिएको रक डेल ब्वाइजका शितल खाँंडले बताए।

‘होली रंगहरूको पर्व नभइ हामी सबै नेपालीको साझा पर्व बनेको र केही वर्षदेखि कमेरो इभेन्ट्सले सिड्नीमा नियमित होली महोत्सव आयोजना गरेर कला संस्कृतिको जर्गेना गर्ने प्रयास गरिरहेको छ’, खाँंडले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *