ढोरपाटन मेघा कन्सर्टमा चर्चित नायिका प्रियंका कार्की सहितका कलाकारको विशेष प्रस्तुती ।।

बुर्तिबाङ,टिकाराम भट्टराई २०७५ कार्तिक ९ गते ।
जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङमा  बिहिबार ढोरपाटन मेगा कन्सर्ट विशेष कार्यक्रम सम्पन्र्न भएको छ ।  डिएम इन्टरटेडमेन्ट र बुर्तिबाङ राईजिङ युवा क्लबको आयोजना सञ्चालित कार्यक्रम बुर्तिबाङ बजार स्थित उत्तरगंगा माध्यमिक विद्यालयको प्रांगणमा भएको हो । कन्सर्टमा चर्चित नायिका प्रियंका कार्की, गायिका मेलिना राई, गायक पुस्कल शर्मा,जिल एण्ड जोए व्याण्ड र क्रिष्टल कलवास डान्स क्रियशन ग्रुप लगायतका कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो ।

कार्यक्रममा समाजसेवी टेकराज पौडेलको प्रमुख आथित्यता एवंम बिभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कलाकारहरुको प्रस्तुती हेर्नको निम्ति हजारौ दर्शकहरुको साझँपख निकै भिड लागेको थियो । दिउँसो १ बजेबाट कार्यक्रम सुरु गरीने भनिए पनि कार्यक्रम दिउँसो करिब ३ बजेबाट सुरु गरीएको थियो । कार्यक्रममा सहभागी बनि कार्यक्रम हेर्नको निम्ति प्रतिब्यक्ति रु ३०० रुपैँयाका दरले टिकट काट्ने ब्यावस्था गरिएको थियो । सधैँ पर्दामा मात्र देखेँका कलाकारहरु आफ्नै सहर बुर्तिबाङमा प्रत्यक्ष देख्न पाउदाँ दर्शकहरु निकै उत्साहित देखिएका थिए ।

 

 

बालवालिका भोलीका जिम्मेवार नागरिक भएकोले सुनौलो भविष्यका लागी वालवालिकाको पढाइमा शिक्षक र अभिभावक दुबै जिम्मेवार हुनुपर्ने नगरप्रमुख नेपालीको भनाई ।।

बैशाख १८ गते ,
ढोरपाटन नगरपालिकाको वडा नम्बर १ भबरेटमा रहेको सरस्वती प्राथमिक विद्यालयको २८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मंगलबार  सम्पन्न भएको छ । वार्षिक उत्सवको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले उद्घाटन गर्नुभएको थीयो   ।
उद्घाटन पछि वोल्दै नगरप्रमुख नेपालीले हरेक क्षेत्रमा शिक्षाको महत्वपुर्ण स्थान रहेको बताउदै आफुले पनि शिक्षालाई प्राथमिकता दिने गरेको बताउनुभयो । नगरपालिकामा यसै शैक्षिक सत्रबाट कक्षा १ मा अंग्रेजी माध्यमबाट शिक्षण सुरु गरिएको र कम्प्युटर शिक्षालाइ विशेष जोड दिइने नगरप्रमुख नेपालीको भनाई छ । आजका वालवालिका भोलीका जिम्मेवार नागरिक भएकोले सुनौलो भविष्यका लागी वालवालिकाको पढाइमा शिक्षक र अभिभावक दुबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।  सोही अवसरमा विद्यालयका तर्फबाट नगरप्रमुख नेपालीले विद्यालयमा रहेका समस्या समाधानका लागी आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाइएको छ ।


कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष चित्र बहादुर भण्डारी उत्तरगंगा माध्यमीक् बिद्यालयका श्रोत ब्याक्ती हरीचन पाण्डे ,  इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख कृष्ण राना विभिन्न विद्यालयका प्रधानाध्यापक , बिभीन्न बिद्यँलयका शिक्षक प्रीतनीधी , बिद्यालयका चन्दादाता अबिभावक , शिक्षप्रेमीको  विशेष उपस्थिति रहेको थियो ।


सो अबसरमा प्रमुख तथा बिशीष्ट अतिथीलाई स्वागत गीत तथा नृत्यबाट स्वागत गर्नुका साथै बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष होम बहादुर राना र बिद्यालयका प्रअ हीरा कुमारी घीमीरे पौडेलले दोसल्ला ओडाएर स्वागत गर्नुभएको थियो । 

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम बहादुर रानाको अध्यक्षता नगरप्रमुख नेपालीको प्रमुख आतिथ्यता शिक्षिका माया पाण्डे आचार्यको स्वागत मन्तव्य र शिक्षक नरिश्वर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

निसीखोलाको झिम्पा हुँदै ढोरपाटन सडक निर्माण सुरु ।।


बैशाख १५ , बुर्तिबाङ ।

     निसीखोला गाउँपालिका(४ झिम्पा हुँदै ढोरपाटन शिकार आरक्ष रहेको पर्यटकीय स्थल ढोरपाटन जोड्ने सडकको निर्माण कार्य सुरु भएको छ ।निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७४र७५ को लागि विनियोजन गरेको बजेटले उक्त सडक निर्माण गर्न लागेको निसीखोला गाउँपालिका(४ का अध्यक्ष टिकानिधी पौडेलले जानकारी दिनुभएको छ  । सुरुमा ७ लाख बराबरको रकमले निर्माण कार्यको थालनी गरि झिम्पा गाउँसम्म सडक पुराउने र आगामी वर्षहरुको बजेटले सडक निर्माण कार्यलाई ढोरपाटन सम्म पुराउने समितिका अध्यक्ष रामप्रसाद पौडेलले बताउनुभयो  ।
गाउँ सडक संजालसँग जोडिन थाले पछि झिम्पाका स्थानीयहरु हर्षित भएका छन् । गाउँमा सडक पुगे पछि कृषि, पशुपालन, पर्यटन प्रबर्द्धन तथा अन्य व्यवसाय गर्न सहज हुने, बिरामीलाई एम्बुलेन्स मार्फत समयमै अस्पताल पुराउन सकिने , ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ र जडिबुटी सहजताका साथ निसीखोलामा ल्याउन र बिक्री वितरण गर्न अनुकुल हुने स्थानीय शिक्षक रिमप्रसाद पौडेलले बताउनुभएको छ ।

बगनासकालीद्वारा सार्वजनिक सुनवाई

माघ २०, पाल्पा – बगनासकाली गाउँपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम तथा आर्थिक वर्ष ०७४\७५ को प्रथम चौमासिकमा भएको सेवा प्रवाह र विकास निर्माण सम्बन्धि गतिविधि सार्वजनिकरण गरेको छ ।


गाँउपालिकालाई प्राप्त ४१ करोड ३९ लाख रुपैँया बजेट मध्ये ५५ प्रतिशत बजेट कार्यान्वयन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । गाँउपालिकाको प्रथम गाँउ सभाबाट २ सय वटा योजना छनौट भएका योजना मध्य ९० प्रतिशत योजनाको सम्झौता भएर निर्माणको काम धमाधम चलिरहेको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाद्वारा सञ्चालित योजनाहरु मध्ये १७ वटा योजनाहरु सम्पन्न भई अन्तिम किस्ता रकम भुक्तानी भसकेको योजना तथा प्रशासकिय अधिकृत रामचन्द्र अर्यालले जानकारी दिनुभयो । बगनासकाली गाउँपालिकाले बिजुलीको गुणस्तरीय सेवाका लागि काठका पोलरहित बनाउने, खरको छानारहित घर बनाउने, आधुनिकीकरण गर्दै निर्वाहमुखी कृषिलाई व्यासायिक बनाउन पकेट प्याकेज कार्यक्रम प्रभावकारी बनेको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाका अध्यक्ष बस्याल, उपाध्यक्ष सरस्वती चिदी, वडाअध्यक्षहरु, विषयगत विभागका प्रमुखहरुले जनताले राखेका जिज्ञासाका जवाफ दिएका थिए । जनताको जिज्ञासाको जवाफ दिदैँ जवाफकर्ताहरुले बगनासकालीलाई नमूना बनाउने योजनाका साथ काम गरिरहेको जानकारी दिएका थिए ।

 

 

जिल्ला समन्वय समिति नौ सदस्यीय बन्ने

पाल्पा, साउन ९– जिल्ला समन्वय समिति पाल्पा ९ सदस्यीय हुने भएको छ । पाल्पा जिल्लाका २ नगर कार्यपालिका र ८ गाउँ कार्यपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष सदस्य रहेको
जिल्ला सभाको पहिलो बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको छ । जिल्ला सभाका जेष्ठ सदस्य तानसेन नगर कार्यपालिकाका प्रमुख अशोककुमार शाहीको अध्यक्षतामा
बसेको बैठकले समन्वय समितिको संख्या निर्धारण गरेको हो । जिल्ला सभा बैठकले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय,
राजनीतिक दल, आम मतदातालगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले सभाले संख्या यकिन गरेकाले निर्वाचन आयोगलाई निर्वाचन गाउँ सभा र नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको तीस दिनभित्र जिल्ला सभाको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था वमोजिम पाल्पा जिल्ला सभाको बैठक आज बसेको हो ।

जिल्ला समन्वय समितिमा एक जना प्रमुख, एक जना उपप्रमुख, तीन जना महिला, एक जना दलित वा अल्पसंख्यकसहित नौ सदस्य रहने छन् । जिल्ला समन्वय समितिले जिल्ला सभाको तर्फबाट
गर्नुपर्ने सम्पूर्ण कार्य सम्पादन गर्नेछ । गाउँ सभा र नगरसभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा उमेदवार हुन सक्नेछ ।
बीस सदस्यीय जिल्ला सभामा नेकपा एमालेका १३ र नेपाली काँग्रेसका ७ जना सदस्य रहेका छन् । संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समिति गठन सम्बन्धि व्यवस्था रहेको छ ।
प्रक्रिया अघि बढाउन पत्राचार गर्ने जानकारी दिनुभयो ।

तानसेनसहित पाल्पाका जनप्रतिनिधिले काम थाले

पाल्पा, असार २०– पाल्पाको जिल्ला सदरमुकाम तानसेनसहित १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले पदभार सम्हाल्न सुरु गरेका छन् ।
तानसेन, रामपुर नगरपालिका प्रमुख\उपप्रमुख र ८ वटा गाउँपालिकाका अध्यक्ष\उपाध्यक्षहरुले सपथग्रहणसँगै पदभार ग्रहण गरेका हुन् । जिल्लाका ८१ वटा वडाका वडाअध्यक्ष, वडासदस्यहरु गरी ४ सय २५ जनाले स्थानीय सरकारको नेतृत्व लिएका छन् ।

तीन महिनामा सोह्र हजारले स्वास्थ्य विमा गरे

पाल्पा, वैशाख १– स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने संख्या पाल्पामा आशा गरेभन्दा राम्रो देखिएको छ ।
सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य विमा कार्यक्रमबाट ५० हजार रुपैँयाको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि विमा गराउनेको संख्या बढेको छ । पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले स्वास्थ्य विमा गराएका छन् । चार महिनाको अवधिमा दश हजार मानिसको स्वास्थ्य विमा गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी १६ हजार मानिसले स्वास्थ्य विमा गराएको सामाजिक स्वास्थ्य विमा समिति पाल्पाले जनाएको छ ।

वडाअध्यक्ष छनौटका लागि दलहरु सक्रिय

पाल्पा, चैत्र ३१– स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न राजनीतिक दलका नेताहरू तल्ला कमिटीका बैठक र भेलाहरुमा पुगेका छन् ।

राजनीतिक दलहरूले उमेदवार छनौटको सिफारिश गर्न तल्ला कमिटीहरुलाई जिम्मेवारी दिएकाले नेताहरु गाउँ र टोलका बैठकसम्म पुगेका हुन् । दलहरुले उमेदवारको मापदण्ड बनाए तापनि राजनीतिक योगदान गरेको र जनताबीच स्थापित नेता रोज्ने क्रम प्रायः सबै पार्टीहरुमा चलेको देखिन्छ । पार्टीका केन्द्रीय तहका एक सरो नेताहरुसमेत जिल्लामा आएर निर्देशन दिने काम सकेका छन् ।