त्रिबेणी बचत तथा ऋिण सहकारी संस्थाको १२ औ साधारण सभा सम्पन्न ।।

२०७५ असोज १९  झरना कडेल-
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक एवं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडलले अवका सहकारी संस्थाहरुले बचत र ऋणको मात्र कारोवार नगरी सेवामुखी बन्नुपर्ने बताउनुभएको छ ।
बुर्तिवाङ स्थित त्रिवेणि बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको १२ औं वार्षिक साधारण सभामा द्धिप प्रज्वलन गरी उद्घाटन  गर्दै प्रमुख अतीथि पौडेलले यस्तो बताउनुभएको हो ।  कुनै समय बचत र ऋणको मात्र कारोवार गर्दा पनि सहकारी संस्थामा जनताहरुको आकर्षण रहेको भएता पनि अहिले त्यस्तो अवस्था नरहेको उहाँले बताउनुभएको छ ।  कुनै समय जनताहरुको पहुँचमा बैंक तथा वित्तीय संस्थाहरु नहुँदा सहकारीमा सबैको आकर्षण रहेको बताउदै उहाँले  अहिले त्यस्तो स्थिती नरहेकाले सहकारी संस्थाले बचत तथा ऋणको कारोवर संगै सदस्यहरुको भावना र आवश्यकता बुझेर आफ्ना नीति तथा काक्रमहरुको तर्जुमा गर्नुपर्ने धारण राख्नुभएके थियो  ।
केही सहकारी संस्थाहरु सहकारीको दर्शनबाट विचलित भई नाफामुखी हुँदा धैरै राम्रो काम गरिरहेका सहकारी संस्थाहरु ओझेलमा पर्न गएको भनाई राख्दै पौडेलले सहकारीले गरेका राम्रा कामहरुको प्रचार प्र्रसार हुन नसकेकाले सहकारी प्रति जनमानसमा नकरात्मक भावना पैदा भएको बताउनुभएको छ  । यो नकरात्मक भावनालाई चिर्नका लागि सहकारी संस्थाका व्यक्तिहरुले बद्लिदो परिवेश अनुसार नीति विधि, प्रविधि र सदस्यहरुको चाहाना अनुसार सञ्चालन गर्नुपर्ने बताउनुभएको थियो ।
फरक प्रसंगमा पौडेलले नेपालमा सहकारी संस्थाहरु संख्यात्मक रुपमा धैरै भएकाले एकीकरणको विकल्प नभएको बताउनुभएको छ । साना साना सहकारी संस्थाहरुले सदस्यहरुको चाहाना अनुसारको सेवा सुविधा प्रदान गर्न नसक्ने र अन्तराष्ट्रिय स्तरमा नेपालको सहकारी अभियानलाई चिनाउन नसकिने बताउदै एकीकरणको विकल्पन नरहेको पौडेलको भनाई थियो ।
कार्यक्रममा ढोरपाटन नगरापालीका वडा नं. १ का अध्यक्ष चित्रवहादुर भण्डारी, परिवर्तन एफ् एमका स्टेशन म्यानेजर रामनाराण सुवेदी, सिवाईसी साकोस सदस्य सेवा केन्द्र बुर्तिवाङका संयोजक गण्डकी थापा अधिकारी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

संस्थाले साधारण सभाको अवसर पारी असल कारोवारी सदस्य, असल बचतकर्ता, असल ऋणी, सदस्यका छोरा छोरीहरु मध्येवाट उत्कृष्ट शैक्षिक पुरस्कार लगाएतका विभिन्न विधामा सदस्यहरुलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।
जसमध्ये नियमीत बचतकर्तातर्फ बिर बहादुर गुरुङ र लीला सुबेदी , असल बचतकर्तातर्फ ,राम प्रसाद नेपाल , बाल बचतकर्ता तर्फ शरण पौबि , ,सलीन पौबी प्रबिण भण्डारी , असल ऋिणीमा, ढोरपाटन नगरपालीका २ का तुल्सी महत , तमानखोलाका बुद्धी छन्त्याल , र ढोरपाटन नगरपालीका १ का तकमान बिश्वकर्मा , त्यस्तै गरी शेयर सदस्यका छोराछोरी मध्येबाट एसईईमा उत्कृष्ठ जीपीए ल्याउने  सन्दीप कंडेल र कृतिका पैडेल , र कक्षा १२ मा उत्कृष्ठ जीपीए ल्याउन सफल शुसीला कंडेल र कीस्मत बाबु पोडेल रहेका छन् ।
सोहि अबसरमा कार्यक्रमका प्रमुख अतिथी तथा नेफ्स्कूनका सञ्चालक चण्डी प्रसाद शर्मा पौडेल र संस्थामा कार्यरत कर्मचारी हरुलाई मायाँको चिनो प्रदान गरीएको थियो ।
बुर्तिवाङ क्षेत्रकै अग्रणी संस्थाको रुपमा रहेको त्रिवेणी साकोमा ५२१ जना शेयर सदस्य, १ करोड ३३ लाख शेयर पुँजी, १० करोड ७३ लाख बचत, १० करोड ५५ लाख लगानीमा रहरिहेको ऋण र १२ करोड २६ लाख बराबरको सम्पत्ती रहेको छ । संस्थाले यस आ.व. मा १ करोड ६४ लाख आम्दानी र १ करोड ४९ लाख खर्च गरी खुद बचत १४ लाख ४१ हजार गरेको संस्थाका अध्यक्ष नेत्रलाल उपाध्यायले जानकारी दिनुभएको थियो  ।
साधारण सभामा संस्थाका सचिव कृष्णकुमारी आचार्यद्धारा प्रस्तुत आ.व. ०७४।०७५ को प्रगती प्रतिवेदन र आ.व. ०७५।०७६ को प्रस्तावित नीति तथा कार्यक्रम र संस्थाका कोषाध्यक्ष हिरालाल खनालद्धारा प्रस्तुत आ.व. ०७४।०७५ को आर्थिक प्रगति र आ.व. ०७५।०७६ को अनुमानीत आय व्यय व्यापक रुपमा छलफल भई सर्वसम्मतीबाट पारित भएको छ ।
साधारण सभाको कार्यक्रम संस्थाका अध्यक्ष नेत्रलाल उपाध्यायको अध्यक्षता, उपाध्यक्ष उत्तमवहादुर महतको स्वागत र सचिव कृष्णकुमारी आचार्य र सह सवि ऋतुवर्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।