मालारानी युवा क्लवले आयोजना गरेको माघेसक्रान्ती मेलाको विधिवत उद्घाट्न ः क्लव र आमा समूहलाई नगरप्रमुख नेपाली द्धारा १ लाख ५२ हजार रुपैया आर्थिक सहयोग


माघ २ गते,
बडिगाड गाउँपालिका वडा नं. ९ मालारानीमा रहेको मालारानी युवा क्लवले आयोजना गरेको माघेसक्रान्ती मेलाको आज उद्घाटन  गरिएको छ । आयोजित प्रतियोगितात्मक कार्यक्रमहरु गत पौष २६ गतेबाट सञ्चालन गरिएपनि कार्यक्रमको औपचारिक उद्घाटन भने मंगलबार गरिएको क्लवले जनाएको छ । मेलाको ढोरपाटन नगरपालिका प्रमूख देवकुमार नेपालीले उद्घाट्न गर्नुभएको थियोे ।
कार्यक्रम उद्घाटन पछि बोल्दै नगर प्रमूख नेपालीले मालारानी गाउँ आफैमा प्राकृतिक सौदर्यताले भरिपूर्ण ठाउँ भएकोले त्यस क्षेत्रको पर्यटन विकासका लागि होमस्टे सञ्चालन गर्नुपर्ने बताउनुभयो । आफ्नो ठाउँको विकासका लागी आफै सक्रिय हुन युवा हरुलाइ आग्रह गर्दै नगरप्रमूख नेपालीले ढोरपाटन नगरपालिका तथा आफ्नो व्यक्तिगत रुपमा त्यहाँ हुने सामाजिक कामका लागि आर्थिक तथा नैतिक दुबै तहबाट सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । मालारानीमा होमस्टे सञ्चालनका लागि आफुले केन्द्र सम्मै पहल गरिरहेको पनि नेपालीले बताउनुभयो । त्यसैगरी उहाँले आफुले यस क्षेत्रको विकास र समृद्धिका लागि विभिन्न प्रयासहरु गरिरहेको र गरिव, विपन्न र पिछडिएका जनताको हितका निम्ती जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने बताउनुभयो ।
सो अवसरमा नगरप्रमूख नेपालीले मालारानी युवा क्लवलाई गत वर्ष आफैले स्थापना गरिदिएको अक्षयकोषमा थप १ लाख १ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ भने त्यहाँको स्थानिय आमा समूह लाई रु ५१ हजार को अक्षयकोष स्थापना गरिदिने उद्घोष समेत गर्नुभएको छ । यस्तै नगर प्रमुख नेपालीले मालारानी प्राथमिक विद्यालयमा अघिल्लो वर्ष व्यक्तिगत रुपमै तलब भत्ताको व्यवस्था गरि वर्षका लागि राखिदिनुभएका एक जना शिक्षकलाई थप एक वर्षका लागि तलब उपलब्ध गराउने उद्घोष सो अवसरम गर्नुभएको थियो । उता प्रत्येक बाजा समुहलाई पाचँ÷पाचँ हजार, सामुहिक नृत्य प्रतियोगिताका समुहहरुलाई प्रति समुह नगद रु. २ हजार सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वि उप्रेतीको विशिष्ट आतिथ्यता रहेको थियो भने ईमेज बचत तथा ऋण सहकारी संस्था पोखराका प्रवन्धक दिपक पौडेल, वडिगाड गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष कृष्ण बहादुर खत्री, नेपाली कांग्रेसका महिला नेतृ गण्डकी थापा अधिकारी, नेपाली कांग्रेस वडिगाड गाउँपालिका वडा नं. ९ का पार्टि प्रतिनिधि भरत के.सी, भिमगिठे आदर्श एकेडेमीका प्रिन्सिपल कलम चालिसे, सयपत्री आमा समुहकी अध्यक्ष जुनु मल्ल लगायत स्थानिय समाजसेवी, बुद्धिजिवि, पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रम कै अवसरमा क्लवले चन्दादाता, सौजन्यकर्ताहरुलाई खादा अविर लगाएर सम्मान पत्र प्रदान गर्दै सम्मान समेत गरेको थियो ।


क्लवले माघेंसक्रान्तीको अवसर पारेर वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता, ३० वर्ष माथिको पुरुष भलिवल प्रतियोगिता, एकल तथा सामूहिक नृत्य प्रतियोगिता, पञ्चेबजा प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना गरेको थियो । जस अन्तर्गत १३ समूहको सहभागिता रहेको वडा स्तरीय पुरुष भलिवल प्रतियोगितामा निसिखोला गाउँपालिका वडा नम्बर १ प्रथम र निसिखोला गाउपालिका वडा नम्बर २ द्धितिय भएको छ । त्यस्तै ३० वर्ष माथिको भलिवल प्रतियोगितामा ढोरपाटन नगरपालिका १ प्रथम र बडिगाड गाउँपालिका २ द्धितिय भएका छन् । उता पञ्चेबाजा प्रतियोगितामा मालारानी बाजा समुह आयोजक प्रथम र पुर्कोट बाजा समुह ढोरपाटन नगरपालिका वडा नम्बर–२ द्धितिय भएको छ भने मुसिकोट बाजा समुह गुल्मी तेस्रो भएको छ । त्यसैगरी गु्रप डान्स प्रतियोगितामा न्यु डिभाइस युवा क्लब प्रथम भएको क्लवले जनाएको छ ।
कार्यक्रममा चर्चित कलाकारहरु लोक दोहोरी गायिका चाहाना श्री र गायक राजेस वर्देवाको विशेष सांगितिक प्रश्तुती रहेको थियो । क्लबका अध्यक्ष युबराज मल्लको अध्यक्षता रहेको उद्घाटन कार्यक्रमको सञ्चालन कृष्ण भटट्राईले गर्नु भएको थियो ।