निसीखोलाको झिम्पा हुँदै ढोरपाटन सडक निर्माण सुरु ।।


बैशाख १५ , बुर्तिबाङ ।

     निसीखोला गाउँपालिका(४ झिम्पा हुँदै ढोरपाटन शिकार आरक्ष रहेको पर्यटकीय स्थल ढोरपाटन जोड्ने सडकको निर्माण कार्य सुरु भएको छ ।निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७४र७५ को लागि विनियोजन गरेको बजेटले उक्त सडक निर्माण गर्न लागेको निसीखोला गाउँपालिका(४ का अध्यक्ष टिकानिधी पौडेलले जानकारी दिनुभएको छ  । सुरुमा ७ लाख बराबरको रकमले निर्माण कार्यको थालनी गरि झिम्पा गाउँसम्म सडक पुराउने र आगामी वर्षहरुको बजेटले सडक निर्माण कार्यलाई ढोरपाटन सम्म पुराउने समितिका अध्यक्ष रामप्रसाद पौडेलले बताउनुभयो  ।
गाउँ सडक संजालसँग जोडिन थाले पछि झिम्पाका स्थानीयहरु हर्षित भएका छन् । गाउँमा सडक पुगे पछि कृषि, पशुपालन, पर्यटन प्रबर्द्धन तथा अन्य व्यवसाय गर्न सहज हुने, बिरामीलाई एम्बुलेन्स मार्फत समयमै अस्पताल पुराउन सकिने , ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ र जडिबुटी सहजताका साथ निसीखोलामा ल्याउन र बिक्री वितरण गर्न अनुकुल हुने स्थानीय शिक्षक रिमप्रसाद पौडेलले बताउनुभएको छ ।