बालवालिका भोलीका जिम्मेवार नागरिक भएकोले सुनौलो भविष्यका लागी वालवालिकाको पढाइमा शिक्षक र अभिभावक दुबै जिम्मेवार हुनुपर्ने नगरप्रमुख नेपालीको भनाई ।।

बैशाख १८ गते ,
ढोरपाटन नगरपालिकाको वडा नम्बर १ भबरेटमा रहेको सरस्वती प्राथमिक विद्यालयको २८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मंगलबार  सम्पन्न भएको छ । वार्षिक उत्सवको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले उद्घाटन गर्नुभएको थीयो   ।
उद्घाटन पछि वोल्दै नगरप्रमुख नेपालीले हरेक क्षेत्रमा शिक्षाको महत्वपुर्ण स्थान रहेको बताउदै आफुले पनि शिक्षालाई प्राथमिकता दिने गरेको बताउनुभयो । नगरपालिकामा यसै शैक्षिक सत्रबाट कक्षा १ मा अंग्रेजी माध्यमबाट शिक्षण सुरु गरिएको र कम्प्युटर शिक्षालाइ विशेष जोड दिइने नगरप्रमुख नेपालीको भनाई छ । आजका वालवालिका भोलीका जिम्मेवार नागरिक भएकोले सुनौलो भविष्यका लागी वालवालिकाको पढाइमा शिक्षक र अभिभावक दुबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।  सोही अवसरमा विद्यालयका तर्फबाट नगरप्रमुख नेपालीले विद्यालयमा रहेका समस्या समाधानका लागी आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाइएको छ ।


कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष चित्र बहादुर भण्डारी उत्तरगंगा माध्यमीक् बिद्यालयका श्रोत ब्याक्ती हरीचन पाण्डे ,  इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख कृष्ण राना विभिन्न विद्यालयका प्रधानाध्यापक , बिभीन्न बिद्यँलयका शिक्षक प्रीतनीधी , बिद्यालयका चन्दादाता अबिभावक , शिक्षप्रेमीको  विशेष उपस्थिति रहेको थियो ।


सो अबसरमा प्रमुख तथा बिशीष्ट अतिथीलाई स्वागत गीत तथा नृत्यबाट स्वागत गर्नुका साथै बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष होम बहादुर राना र बिद्यालयका प्रअ हीरा कुमारी घीमीरे पौडेलले दोसल्ला ओडाएर स्वागत गर्नुभएको थियो । 

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम बहादुर रानाको अध्यक्षता नगरप्रमुख नेपालीको प्रमुख आतिथ्यता शिक्षिका माया पाण्डे आचार्यको स्वागत मन्तव्य र शिक्षक नरिश्वर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।