ढोरपाटन मेघा कन्सर्टमा चर्चित नायिका प्रियंका कार्की सहितका कलाकारको विशेष प्रस्तुती ।।

बुर्तिबाङ,टिकाराम भट्टराई २०७५ कार्तिक ९ गते ।
जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङमा  बिहिबार ढोरपाटन मेगा कन्सर्ट विशेष कार्यक्रम सम्पन्र्न भएको छ ।  डिएम इन्टरटेडमेन्ट र बुर्तिबाङ राईजिङ युवा क्लबको आयोजना सञ्चालित कार्यक्रम बुर्तिबाङ बजार स्थित उत्तरगंगा माध्यमिक विद्यालयको प्रांगणमा भएको हो । कन्सर्टमा चर्चित नायिका प्रियंका कार्की, गायिका मेलिना राई, गायक पुस्कल शर्मा,जिल एण्ड जोए व्याण्ड र क्रिष्टल कलवास डान्स क्रियशन ग्रुप लगायतका कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो ।

कार्यक्रममा समाजसेवी टेकराज पौडेलको प्रमुख आथित्यता एवंम बिभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कलाकारहरुको प्रस्तुती हेर्नको निम्ति हजारौ दर्शकहरुको साझँपख निकै भिड लागेको थियो । दिउँसो १ बजेबाट कार्यक्रम सुरु गरीने भनिए पनि कार्यक्रम दिउँसो करिब ३ बजेबाट सुरु गरीएको थियो । कार्यक्रममा सहभागी बनि कार्यक्रम हेर्नको निम्ति प्रतिब्यक्ति रु ३०० रुपैँयाका दरले टिकट काट्ने ब्यावस्था गरिएको थियो । सधैँ पर्दामा मात्र देखेँका कलाकारहरु आफ्नै सहर बुर्तिबाङमा प्रत्यक्ष देख्न पाउदाँ दर्शकहरु निकै उत्साहित देखिएका थिए ।