‘दुनै प्रिमियरलिग’ क्रिकेटकोको विजेता दुनै कोब्रा

 

दुनै, डोल्पा, १९ वैशाख

दुनै प्रिमियर लिग क्रिकेटको उपाधि दुनै कोब्राले हात पारेको छ ।

दुनै प्रिमियर लिग क्रिकेटको पाँचौँ संस्करणमा जिल्ला प्रहरीलाई २७ रनले हराउँदै कोब्रा लिगको विजेता बनेको हो । विजेता दुनै कोब्राले नगद रु ३० हजार, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेताले रु १० हजारमा चित्त बुझाएको छ ।

करीब १० दिनसम्म चलेको लिगमा चारवटा टिमले सहभागिता जनाएका थिए । फाइनलमा पुगेको नेपाल प्रहरी र दुनै कोब्राको खेलमा टस हारेर कोब्राले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५५ रन बनाउँदै पहिलो इन्निङ सकिएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल प्रहरीले सात विकेटको क्षतिमा १२८ रन बनाउन सफल भयो । लिगको विजेताको दाबेदार मानिएको नेपाल प्रहरी फाइनलमा भनाई अनुसार खेल प्रदर्शन नगर्दा खेलको उपविजेतामा चित्त बुझाउनु परेको हो ।

फाइनल खेलमा दुनै कोब्राका कप्तान अपार गुरुङले ५४ रनको अर्धशतक खेलेका थिए । त्यसैगरी, प्रिमियर लिगको खेल अवधिभर सर्वाधिक छक्का, सर्वाधिक रन र सर्वाधिक विकेटर पनि कप्तान गुरुङनै भएको आयोजकले जानकारी दिएका छन् । उनले २७२ रन, १५ विकेट र २३ छक्का प्रहार गर्दै उत्कृष्ट खेलाडीमा परेका हुन् ।

डोल्पाका खेलाडीको मनोबल वृद्धि गर्दै राम्रा खेलाडी उत्पादनका लागि हरेक वर्ष दुनै प्रिमियर लिगको आयोजना गर्न लागिएको आयोजकका प्रमुख क्षितिज गुरुङले बताए । उनले भने यसै वर्ष दुनै प्रिमियर लिग (डिपिएल)को छैटौँ संस्करण यसै वर्षको भदौ महिनामा हुन्छ, यसले खेलाडीमा उत्साह जागेको छ ।

गुरुङ होटेल, ओमपार रेष्टुराँ, दुनै भ्याली क्लब र अन्य विभिन्न निकायको सहयोगमा दुनै प्रिमियर लिगको पाँचौँ संस्करणको आयोजना गरिएको थियो । जिल्ला खेलकुद विकास समितिले भने चासो नदिएको खेलाडीको आरोप छ ।(रासस)

यू १८ साफः भारतलाई हराउँदै नेपालले गर्यो उपाधि रक्षा

काठमाडौं– भुटानमा जारी यू १८ साफ च्याम्पियनसीपको बुधबार भएको समूह चरणको अन्तिम खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई हराउँदै उपाधि रक्षा गरेको छ ।
भुटानको थिम्पुस्थित चाङली मिथाङ्ग रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । नेपालका दिनेश हेन्जनले खेलको पहिलो मिनेटमा पहिलो गोल गर्दै नेपाललाई सुखद सुरुवात दिलाएका थिए । उनले ३५ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को जित दिलाए । 

डीपीएल : वर्षाले खेल स्थगित भएपछि महेन्द्रनगर र अत्तरियाले अंक बाँडे

२४ चैत, धनगढी । गएराती परेको वर्षा र हावाहुरीका कारण मैदन ओसिलो भएपछि धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल)

को शनिबारको पहिलो खेल स्थगित भएको छ ।

विहान ९ बजे तोकिएको खेल समय ११ बजे पुर्‍याइए पनि मौसममा सुधार नभएका कारण महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया बीचको खेल स्थगित गरिएको छ । खेल स्थगित भएपछि दुबै टिमले एक/एक अंक बाँडेका छन् ।

त्यस्तै शनिबार दिउँसो १ बजे तोकिएको अर्को खेल भने के हुने टुंगो छैन । साविक विजेता टिम चौराहा धनगढी र प्रतियोगिताबाट बाहिरिसकेको रुपन्देही च्यालेन्जर्सबीच दिउँसो १ बजे खेल तोकिएको छ ।

टिम चौराहा धनगढीका लागि आजको प्रतियोगिता जित्नैपर्ने दवाव रहेको छ ।

रोनाल्डोको दुई गोलको मद्दतले रियल विजयी, केनको ह्याट्रिक

म्याड्रिड । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिडले बोरुसिया डर्टमण्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा कायम राखेको छ । समूह एच अन्तरगतको खेलमा रियल ३–१ गोलअन्तरले विजयी बनेको हो ।खेलमा रियललाई अग्रता भने गेराथ बेलले दिलाएका थिए । १८ औँ मिनेटमा भलीमार्फत उत्कृष्ट गोल गर्दै बेलले रियललाई अग्रता दिलाए ।

यू १८ साफ च्याम्पियन्स उपाधि लिएर फर्कियो नेपाली टोली

काठमाडौं– भुटानको थिम्पुमा यू १८ साफ च्याम्पियन्स उपाधि लिएर नेपाली टोली विहीबार स्वदेश फर्किएको छ । विहिबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका नेपाली खेलाडीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा फुटबलप्रेमी समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

दशैंकाबेला अधिकांश काठमाडौं बाहिर गएकाले खेलाडीको भब्य स्वागत भने हुन सकेन । एन्फा पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । 

एथ्लेटिको फर्किए कोस्टा

म्याड्रिड । डिएगो कोस्टा चेल्सीबाट आफ्नो पुरानो क्लब एथ्लेटिको म्याड्रिड फर्किएका छन् ।च्याम्पियन्स लिगमा दुई टोलीबीच खेल हुने एक दिनअघि ५.८ करोड पाउण्डमा कोस्टा एथ्लेटिकोसँग अनुबन्ध भएका हुन् ।एथ्लेटिकोले गत हप्ता चेल्सीसँग कोस्टालाई अनुबन्ध गर्ने विषयमा सम्झौता गरेको थियो । कोस्टाले एथ्लेटिकोमा मेडिकल पास गर्नुका साथै करारमा हस्ताक्षर गरिसकेका छन् ।